Ministry of Foreign Affairs of Nepal

08/02/2026 | Press release | Distributed by Public on 08/02/2026 02:18

Press Release: Tragic Accident Involving Nepali Climbers on Broad Peak

प्रेस विज्ञप्ति

विश्वको १२औँ अग्लो हिमाल ब्रोड पीक आरोहणका क्रममा मिति २०८३ साउन १४ (३० जुलाई २०२६) का दिन ६,६०० मिटरको उचाइमा (क्याम्प-२ बाट क्याम्प-३ जाने क्रममा) गएको विनाशकारी हिम पहिरोमा परी आरोहीहरूको दुःखद निधन भएको छ।

यस दुर्घटनामा प्रख्यात आरोही निर्मल पुर्जा "निम्स दाइ" सहित नेपाली आरोहीहरू पुरबहादुर गुरुङ "युक्ता", किली पेम्बा शेर्पा "किलु", निमा शेर्पा, नवाङ थिन्डु शेर्पा, ग्यालु शेर्पा तथा उहाँहरूसँगै ब्रोड पीक चढ्ने अन्तर्राष्ट्रिय आरोहण दलका सदस्यहरूको दुःखद निधनबाट पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ।

नेपाली आरोहीहरू संलग्न रहेको आरोहण टोली बेपत्ता भएको खबर प्राप्त हुनासाथ पाकिस्तानका सम्बन्धित निकायहरू र नेपाली टोली समेतले खोज तथा उद्धार कार्यलाई तीव्र बनाएका थिए। उच्च हिमाली क्षेत्रमा कठिन खोज कार्य सञ्चालनमा संलग्न पाकिस्तानी तथा नेपाली पर्वतारोही टोलीको साहसिक कार्यको हामी सराहना गर्दछौँ।

दुर्घटनामा निधन भएका नेपाली आरोहीहरूमध्ये पुरबहादुर गुरुङ "युक्ता" र ग्यालु शेर्पाको शव फेला परिसकेको छ भने बाँकीको खोजी कार्य निरन्तर जारी रहेको छ। साथै, नेपाली आरोहीहरूको शव स्वदेश फिर्ता ल्याउन नेपाली राजदूतावास, इस्लामाबादबाट आवश्यक सहजीकरण भइरहेको बेहोरा पनि जानकारी गराइएको छ।

यस दुःखद घडीमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ।
__
परराष्ट्र मन्त्रालय
सिंहदरबार
२०८३ साउन १७

Ministry of Foreign Affairs of Nepal published this content on August 02, 2026, and is solely responsible for the information contained herein. Distributed via Public Technologies (PUBT), unedited and unaltered, on August 02, 2026 at 08:18 UTC. If you believe the information included in the content is inaccurate or outdated and requires editing or removal, please contact us at [email protected]