11/06/2025 | Press release | Distributed by Public on 11/06/2025 07:54
सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यू
कतारको दोहामा आयोजित दोस्रो विश्व सामाजिक विकास शिखर सम्मेलन (Second World Summit for Social Development) मा सहभागी भई स्वदेश फर्कनुहुँदा जारी गरिएको
प्रेस नोट
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौं
२०८२ कात्तिक २० गते, बिहीबार
सञ्चारकर्मी मित्रहरू,
सम्माननीय राष्ट्रपतिज्यू उक्त कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै 2082 कात्तिक १७ गते (तदनुसार3 नोभेम्बर २०२५) काठमाडौँबाट दोहा प्रस्थान गर्नुभएको थियो।
सम्बोधनका क्रममा उहाँले सामाजिक न्याय, समावेशिता र दिगो विकासप्रति नेपालको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
साथै, उहाँले गुणस्तरीय शिक्षा, सबैका लागि स्वास्थ्य र महिला तथा युवा सशक्तीकरणका लागि थप हातेमालो गर्न विश्व समुदायलाई आह्वान गर्नुभएको थियो।
समावेशिता र साझा समृद्धि नै दिगो शान्ति, समुन्नति र मानवीय मर्यादाको आधारशिला भएको बताउँदै सम्माननीय राष्ट्रपतिज्यूले सबैका लागि सामाजिक तथा आर्थिक विकास सुनिश्चित हुने भविष्य निर्माण गर्न जोड दिनुभएको थियो।
सम्माननीय राष्ट्रपतिज्यूले न्यायपूर्ण, समावेशी र दिगो विकासका लागि थप अन्तर्राष्ट्रिय सहयोग (enhanced level of international cooperation) को आह्वानगर्दै स्रोतसाधनमा समतामूलक पहुँच (equitable access to resources) र दोहा घोषणापत्र (Doha Declaration) को प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभएको थियो।
सम्बोधनका क्रममा उहाँले दिगो र मानव-केन्द्रित सामाजिक विकासका लागि सुदृढ लोकतन्त्र, समावेशी नीति, जवाफदेही संस्था र पारदर्शी सार्वजनिक सेवा सुनिश्चित गर्नुपर्ने कुरामापनि जोड दिनुभएको थियो।
भेटका क्रममा वहाॅंले कार्बन उत्सर्जन नगण्य रूपमा गरे तापनि नेपालले जलवायु परिवर्तनका प्रभावहरू असमानुपातिक र गम्भीर रूपमा भोगिरहेको बताउँदै यसका असरहरूको न्यूनीकरण गर्न ठोस अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने भएकोले संयुक्त राष्ट्र संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने विचार राख्नुभएको थियो।
उक्त भेटमा महासचिव गुटेरेसले संयुक्त राष्ट्र संघीय शान्ति मिसनमार्फत विश्व शान्ति र सुरक्षामा नेपालले पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभएको थियो।महासचिव गुटेरेसले जलवायु परिवर्तनको असरको मारमा परेका नेपालजस्ता मुलुकहरूका लागि अनुकूलन गर्न अन्तर्राष्ट्रिय सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँले नेपालको पछिल्लो घटनाक्रमको चर्चा गर्दै आफ्नो समस्या समाधान गर्न नेपालका लोकतान्त्रिक संस्थाहरू आफैं सक्षम रहेकोमा राष्ट्रसंघ विश्वस्त रहेको बताउनुभएको थियो।
धन्यवाद।